९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

सर्पले टोक्यो, धामीझाँक्री तर्फ लाग्न थाल्दा ज्यानै गयो



दाङ ।
देउखुरीमा सर्प दंशबाट एक बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ९ तेलिया निवासी धनबहादुर कुमालकी ९ वर्षीया छोरी रेश्मा कुमालको मृत्यु भएको हो ।

शनिबार अपराह्न चार बजे आमासँगै घरको पेटीमा बसेको समयमा सर्पले डसेको थियो । सर्पले डसेको थाह पाएपछि बालिकाका आफन्तले धामीझाँक्री बोलाउने तर्फ लागे तर धामीझाँक्री आउँदासम्म उनको मृत्यु भइसकेको थियो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७ आइतबार ००:००  ३ : ३० बजे