९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

एम्बुलेन्स भित्रै अर्घाखाँचीमा एक बृद्धको मृत्यु



बिष्णु कुमार आले, अर्घाखाँची ।
जिल्लाको अर्घारतले टारीस्थित बाटोमा अचेत अवस्थामा रहेका प्यूठानका ६३ बर्षीय दल बहादुर पुनको जिल्ला प्रहरी टोली अर्घाखाँचीले उद्धार गरि एम्बुलेन्समा अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको छ ।

बृद्ध बाटोमा अचेत अवस्थामा गाउँलेले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले जानकारी पाउने बित्तिकै एम्बुलेन्ससहित लिएर बृद्धको उद्धारमा प्रहरी टोली पुगेको थियो ।

उक्त पुरूषलाई एम्बुलेन्समा राखेर जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी सूचना अधिकृत तथा प्रवक्ता प्रकाश खत्रीले बताए ।

शवलाई अहिले जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको छ । ‘आफन्तलाई खबर गरिएको छ, आएपछि पोष्टमाट्म गरेर आफन्तको जिम्मा लगाइने छ, प्रवक्ता खत्रीले भने ।’

प्रकाशित मिति : ११ जेष्ठ २०७७ आइतबार ००:००  २ : ११ बजे