मायादेवी अनलाइन, कपिलवस्तु ।
कोरोना भाइरसको संक्रमण हालसम्म सबैभन्दा बढी प्रदेशमा ५ मा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले अहिलेसम्म सबैभन्दा बढी कोरोना संक्रमण प्रदेश ५ मा देखिएको जानकारी दिनुभयो । “सबैभन्दा बढी संक्रमित प्रदेश ५ को बाँकेमा देखिएको छ,” उनले भने, “यो प्रदेशमा १४२ जना संक्रमण देखिएको छ ।” उनले प्रदेश २ का सबै जिल्लामा कोरोना संक्रमण देखिएको बताउनुभयो ।
अहिलेसम्म देशका ६०३ जनामा संक्रमण देखिएको छ । यस्तै कोरोना निको हुनेको संख्या भने ८७ पुगेको छ । ५१३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत सबैको स्वास्थ्य अवस्था भने अहिलेसम्म सामान्य छ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट तीनजनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।
प्रदेश ५ का ७ जिल्लामा २ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । जसमा देखिने जिल्ला कपिलवस्तु ८०, नवलपरासी ६, बर्दिया ३, बाँके १४२, रूपन्देही ४३, दाङ ५ र गुल्मीमा १ गरी जम्मा २ सय ८० छन् । गुल्मीका एक संक्रमितको भने मृत्यु भएको छ । जसमा निको हुनेको संख्या ३२ जना छन् ।
यता शनिबार साँझ कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. ३ का तीन जनामा संक्रमण देखिएको थियो । यसमो मन्त्रालयले पुष्टि गरेको छ ।
यस्तै रुपन्देहीको गैडहवामा ३, समरीमाईमा २ र रुपन्देही १ का गरी ६ जना संक्रमित थपिएका छन । गुल्मीको मदाने गाउँपालिकामा थप एक जनामा संक्रमण पुष्टि भएको छ ।
शनिबार साँझ नै प्रदेश ५ बाट १० जना संक्रमित कोरोनालाई जितेर घर फर्किसकेका छन । घर फर्किनेहरुमा कपिलवस्तुका रहेका छन ।
प्रतिक्रिया