मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा कोरोना संक्रमण पुष्टि भएका एक वडाध्यक्ष, दुई संचारकर्मी र एक बालिकाको कन्ट्रयाक्ट ट्रेसिङ लिने काम सुरु भएको छ । शुक्रबार र शनिबारको रिपोर्ट अनुसार एक वडाध्यक्ष, वडा नम्बर ११, वडा नम्बर ६ का एक÷एक पत्रकार र एक बालिकामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
सुरक्षित तवरले आ–आफ्नो काम गरिरहेको अवस्थामा एक्कासी यी सार्वजनिक ब्यक्तिमा कोरोना देखिएपछि यसको फैलावट कहाँ–कहाँसम्म पुगेको छ भनेर पत्ता लगाउन सम्पर्क ब्यक्ति पहिचानको काम थालिएको हो । तत् वडाका स्वास्थ्य इन्चार्जको संयोजकत्वमा कोरोना ट्रेसिङको काम थालिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताउनु भयो ।
कोरोना संक्रमित ८ बर्षीया बालिका, वडाध्यक्ष र संचारकर्मी पुरुषको शनिबार र महिला संचारकर्मीको आइतबार (आज) कन्ट्रयाक्ट ट्रेसिङ गरिने पौडेलले मायादेवी अनलाइनसंग जानकारी दिनुभयो । पहिचान भएका ब्यक्तिको छिट्टै स्वाब संकलन गरी रिपोर्ट लिइने छ ।
अहिलेसम्म बाणगंगामा १ सय ९७ जनाको स्वाब संकलन गरिएकोमा ३६ जनाको रिपोर्ट आएको छ भने अरुको रिपोर्ट आउँन बाँकी छ । अहिले क्वारेनटाइन २ सय जना रहेका छन् । उनीहरुको पनि छिटै स्वाब संकलन गरेर भैरहवा र काठमाडौँ पठाइने बताइएको छ ।
प्रतिक्रिया