बुटवल ।
प्रदेश नम्बर ५ ले फेरी पनि चालु प्रदेशसभा अधिवेशनबाट नाम र स्थायी राजधानी नपाउने भएको छ । प्रदेशसभाको बैठकमा सरकारको निति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवले कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रण भएपछि मात्रै प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लगाइने बताउनु भएपछि नामारण र राजधानीको समय सरेको हो ।
आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवले कोरोना नियन्त्रण भएपछि राजधानी र नामाकरणको टुंगो लगाइने बताउनु भयो । प्रदेशसभा बैठकमा सम्बोधन गर्दै यादवले राजधानीको टुंगो लागेपछि गुरुयोजना बनाइने र संरचनाहरू निर्माण गरिने समेत बताउनु भयो ।
नीति तथा कार्यक्रममा अर्को बर्ष चरंगे९पाल्पा दोभान सडकमा सवारी गुडाइने जनाइएको छ । प्रदेशभरका सबै नागरिकलाइ बिजुली पुर्याउदै ३ बर्षभित्र उज्यालो प्रदेश बनाइने जनाइएको छ । प्रदेश ५ का सबै काठका पोल हटाइनेछ ।
सरकारको कार्यक्रममा प्रदेशका सडकहरुमा सन्चालन हुने यातायात र यात्रुको सूरक्षाका लागि मोड काटने लगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।
ठुला सडकलाई सुरक्षित बनाई भाडालाई कार्डको माध्यमबाट लिईने कार्यक्रम तय गरीएको छ भने चालु आर्थिक बर्षमा ५५ बटा पुल निर्माण सम्पन्न गरीने र बांकी ४० पुल अर्को बर्ष सम्पन्न गरिने सरकारको निती तथा कार्यक्रममा समावेश गरीएको छ ।
प्रतिक्रिया