९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

‘क्वारेनटाइनमा बस्नेहरुका पीडा समाचार मार्फत सुन्दा दुखित छु’



मायादेवी अनलाइन, चारनम्बर ।
नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री दीपकुमार उपाध्यायले कपिलवस्तुमा कोरोना ब्यापक रुपमा फैलिँदा त्यसको नियन्त्रण र रोकथाममा गरिएको ढिलाईप्रति दुःख ब्यक्त गर्नु भएको छ ।

रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कोरोना विशेष संवादसंग शुक्रबार विहान अन्तर्वार्ता दिदै उहाँले भन्नुभयो, “म काठमाण्डौँ छु । तर जिल्लाका बिभिन्न क्वारेनटाइनमा धेरै सर्वसाधारणले दुःख पाएको, समयमा कोरोना जाँच गर्न नपाएको, किट नभएको, क्वारेनटाइनमा न्यूनतम कुराहरु पनि नभएको खबर सुन्छु । निकै दुःख लाग्छ । चिन्ता लाग्दछ ।”

उपाध्यायले राज्यले कस्तो बेला के गर्ने भन्ने नजानेको भन्दै आलोचना गर्नुभयो । क्वारेनटाइनमा बस्नेहरुले नै बिद्रोह गर्नु पर्ने अवस्था आएको समाचार आफूले सुनेको भन्दै यदि त्यस्तो स्थिति आयो भने कपिलवस्तुको परिस्थिति कल्पनाभन्दा बाहिर जानतर्फ सतर्क रहन सबैलाई अनुरोध गर्नुभयो ।
जिल्लाका पुराना नेता समेत रहनु भएका उहाँले आफूले कोसिस गर्दा पनि केही गर्न नसकेको बताउनु भयो ।

किट खरिद गर्ने कुरा प्रधानमन्त्री नबोलेसम्म हुने रहेनछ । हामीले के गर्ने ? उहाँले प्रश्न गर्नुभयो । उहाँले स्थानीय तहको बलबुताले किट खरिद लगायतको काम नहुँदा यसमा प्रधानमन्त्रीले चासो दिनुपर्ने बताउँदै देशभर किट अभाव हुन नदिने गरी काम गर्न सरकारलाई सुझाउनु भयो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७ शुक्रबार ००:००  ८ : ०२ बजे