दाङ ।
दाङमा थप एक जना पुरूषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार गरिएको पिसिआर परीक्षणमा घोराही उपमहानगरपालिका वडा नं. ३ निवासी ३७ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको हो ।
प्रतिष्ठानका कायममुकाय रजिष्ट्रार कैलाशप्रसाद देवले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघि प्रतिष्ठानमै गरिएको परीक्षणमा भारतबाट आएका गढवा गाउँपालिकाका दुई जना युवामा कोरोना पुष्टि भएको थियो । त्यस्तै काठमाडौंमा रहेका दाङका दुई जनामा पनि कोरोना पुष्टि भइसकेको छ । सबै गरेर दाङका ५ जनामा हालसम्म कोरोना पुष्टि भइसकेको छ ।
प्रतिष्ठानमा बिहीबार सल्यान, रोल्पा र दाङका कुल ६९ जनाको पिसिआर विधिबाट नमूना परीक्षण गरिएकोमा एक जनामा कोरोना पुष्टि भएको देवले जानकारी दिनुभयो ।
प्रतिक्रिया