बुटवल ।
कोरोना (कोभिड–१९) संक्रमणबाट रूपन्देहीको तिलोत्तमा नगरपालिका ५ मणिग्राम स्थित क्रिमसन अस्पतालमा मृत्यु भएका शिक्षकका आफन्तले सरकारको कमजोरीका कारण ज्यान गएको भन्दै उचित क्षतिपूर्ती विना अस्पतालवाट सव नउठाउने बताएका छन् ।
अस्पतालमा विरामीलाई सहयोग गदै आउनु भएका र अहिले अस्पतालमै सिलमा रहेका सहोदर भाई मिन बहादुर कुँवर, सालो विष्णु बहादुर वली र छिमेकी खिम बहादुर कुँवरले टेलिफोनवाट राहत विना सव नउठाउने अडान माग राख्दै सरकारले कोरोना संक्रमण पछि उपचारमा संबेदनशिल नहुदाँ मृत्यु भएको दावी गर्दै सरकारको गैरजिम्मेवारीपन, अस्पतालको कमजोरी नै मृत्युको कारण भएको आरोप उहाँहरुको छ ।
जेठ १ गते विहान अस्पतालमा चिया विस्कुट खाएका विरामीको सोही दिन रोगको पहिचान विना ढाँडवाट पानी निकाले पछि अन्तिम अवस्थासम्म विरामी अचेत रहनु अस्पतालको कमजोरी भएको दावी भाई मिन बहादुर कुँवरको रहेको छ ।
त्यतिमात्र नभई मृत्यु नहुँदै अस्पतालका संचालकले मरेको सुचना सार्वजनिक गर्ने कार्यले पनि गम्भीर षडयन्त्र भएको परिवार जनको कथन रहेको छ । लुम्बिनी अनलाइनबाट
प्रतिक्रिया