दाङ ।
दाङका इँट्टाभट्टामा काम गर्ने भारतीय मजदूरलाई नेपालगञ्जको जमुनाहा नाकामा लगेर छोडिएको छ । भारतीय सुरक्षा अधिकारीसँग कुरा भए पनि उनीहरूको घर फर्किन पाउनुपर्ने माग अनुसार बाँकेस्थित नेपाल–भारत सीमा नाकामा लगेर छोडिएको हो ।
उनीहरूलाई बुधबार राति २१ वटा बसमा लगेर छोडिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
गएरातिमात्रै एक हजार दुई सय ३३ जना भारतीय नागरिकलाई सीमा नाकासम्म र्पुयाइएको छ । सीमा क्षेत्रका भारतीय सुरक्षा अधिकारीसँग कुरा गर्न प्रदेश नं. ५ का प्रहरी प्रमुख डिआइजी रविन्द्रप्रसाद धानुक दाङबाट नेपालगञ्ज गएका थिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र डिआइजी धानुकले धारतीय अधिकारीसँग कुरा गरेपछि भारतीय मजदूरलाई फिर्ता गर्ने निर्णय भएको हो ।
त्यसअघि जिल्लाका विभिन्न इँट्टा उद्योगमा काम गर्ने भारतीय मजदूरले घर फर्किन पाउनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका थिए ।
मनकामना, राप्ती, बबई, अम्मर, शिवशक्ति, जलजला, गोल्डेन,शुभम, सोनी, जेके, प्रविन लगायतका इँट्टाभट्टामा काम गर्ने एक हजार दुई सय ३३ मजदुरलाई पहिलो लटमा पठाइएको हो ।
दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दका अनुसार जिल्लाका विभिन्न इँट्टा उद्योगमा गरेर ५ हजार बढी मजदूर कार्यरत छन् ।
प्रतिक्रिया