रुपन्देही ।
गुल्मीका कोरोना संक्रमितको निधन भएको छ । रुपन्देहीको क्रिमशन अस्पतालमा उपचाररत कोरोना संक्रमितको निधन भएको हो । उनको भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो ।
प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले यसको पुष्टि गर्नुभएको हो । चौधरीले अस्पतालबाट फोन गरी विहीबार विहान मृत्यु भएको जानकारी गराएको र मन्त्रालयले त्यसको रेर्कड गरिसकेको जनाउनुभयो ।
बुधबार उनको मृत्यु भएको प्रमुख सरोकारवालाले विभिन्न स्रोत उदृत गर्दै मिडियामा बताएपनि दिउँसो अस्पतालले मृत्यु नभएको कुरा विज्ञप्ति मार्फत जानकारी दिएको थियो ।
गुल्मी मदाने गाउँपालिका वडा नं. ६ का ४१ बर्ष उनी यहि जेठ १ गते क्रिमशन अस्पतालमा भर्ना गरिएका थिए । उनको स्वाब परिक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । उनी गाउँकै विद्यालयका शिक्षक हुन् ।
प्रतिक्रिया