१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको बन्द अन्तरंग र बहिरंग सेवा आजबाट सुरु



दाङ ।

घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालबाट प्रदान हुँदै आएको अन्तरंग र बहिरंग सेवा बिहिवारदेखि फेरि सुरू गरेको छ । प्रतिष्ठानले दुई दिन पहिले कोरोनाका बिरामीको उपचार गर्नुपर्ने भन्दै अन्तरङ र बहिरंग सेवा बन्द गरेको थियो ।

स्वास्थ मन्त्रालयको निर्देशन अनुसार सेवा बन्द गरेको प्रतिष्ठानले सेवाग्राहीबाट भएको चर्को विरोध र दबाबपछि आजबाट नियमित सेवा सञ्चालन गरेको हो ।

प्रतिष्ठानले कोरोनाका बिरामी राख्ने र अन्तरंग तथा बहिरंग सेवा रोक्ने निर्णय विज्ञप्तिमार्फत सार्वजनिक गरेलगत्तै जनस्तर तथा सरोकारवाला संघसंस्थाबाट चर्को विरोध भएको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७ बिहिबार ००:००  ८ : ४० बजे