१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

शक्तिशाली चक्रवात अम्पुनको नेपालमा पनि प्रभाव, पूर्वी र मध्य क्षेत्रमा वर्षा




काठमाण्डौ ।

बंगालको खाडीमा बनेको शक्तिशाली चक्रवातको प्रभाव नेपालमा देखिएको छ ।अम्पुन नामको शक्तिशाली चक्रवातको प्रभावले नेपालको पूर्वी र मध्य क्षेत्रमा वर्षा भएको छ । अहिले पनि पूर्वका केही ठाउँमा वर्षा भईरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार पूर्वका धेरै ठाउँमा आज दिनभर नै मौसम बद्ली भई पानी पर्ने सम्भावना छ । तर, चक्रवात कमजोर बन्दै गएकाले अब मध्य क्षेत्रको मौसम भने खुल्दै जाने मौसमविद् सजिना शाक्यले बताउनुभयो ।

अहिले मध्य क्षेत्रको मौसम सामान्य बद्ली भए पनि रातिदेखि बिस्तारै मौसम खुल्ने जाने छ । खोलाहरुमा पानकिो बहाव पनि उच्च हुन सक्ने मौसमविद्ले बताएका छन् । यस्तै एक दुईदिन खोलाहरुमा पानीको बहाव पनि उच्च हुने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७ बिहिबार ००:००  ८ : ३६ बजे