काठमाडौं ।
लिम्पियाधुरालगायत भूभाग समेटेर नेपालले जारी गरेको नक्सा अस्वीकार्य हुने भारतले बताएको छ ।
मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार नेपालले बुधबार लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको थियो । नेपाल सरकारको यो कदमलाई भारतले विरोधस्वरुप असहमति जनाएको हो ।
भारतीय विदेश मन्त्रालयले बुधबार विज्ञप्ति नै जारी गरी नेपालले निकालेको नक्सामा भएका ती भूभाग आफ्नो भएको बताएको छ । एकपक्षीय ढंगले निकालिएको यो नक्सा तथ्य र प्रमाणका आधारमा नभएको र सीमा विवाद द्विपक्षीय कूटनीतिक संवादमार्फत समाधानको सम्झौताविपरीत भएको भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया