मायादेवी अनलाइन, चारनम्बर ।
कोरोना संक्रमित गुल्मीका एक ब्यक्तिको मृत्युको बारेमा आफूलाई गलत सूचना दिएको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले बताउनु भएको छ ।
अस्पत्तालका जिम्मेवार ब्यक्तिले आफूलाई मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ बर्षीय शिक्षकको मृत्यु भएको जनाएपछि बिभिन्न मिडियाले नगर प्रमुखको हैसियतमा जवाफ माग गरेपछि आफूले उक्त ब्यक्तिको मृत्यु भएको भनी बताएको बताउनु भयो ।
अस्पतालका जिम्मेवार व्यक्तिबाट आफुलाई के कारणले गलत सूचना दिइयो यसबारे खोजबिन हुने भन्दै नगरपालिकाको तर्फबाट बुधबार नै विज्ञप्तीसमेत जारी गर्नुभएको छ । आफुले सूचना दिनुपूर्व राष्ट्रियस्तरका मिडियाबाटै निज व्यक्तिको खबर बाहिर आइसकेको थियो । तैपनि यस विषयमा बुज्दा अस्पतालबाटै आफुलाई गलत सूचना दिएका कारण मिडियामा पनि आफुले सो अनुसार बोलेको बताउनुभयो ।
विज्ञप्ति
प्रतिक्रिया