१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

धौलागिरी लघुवित्तले गर्‍यो मायादेवी गाउँपालिकालाई सहयोग



थानेश्वर अधिकारी, चारनम्बर ।
अहिले देशभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बैंक तथा बित्तिय संस्थाहरुले प्रत्यक्ष रुपमा सहयोग गर्दै आइरहेका छन् ।

यसै सन्दर्भमा बुधबार धौलागिरी लघुबित्त बित्तीय संस्था शाखा कार्यालय पकडी कपिलवस्तुले कोरोना रोकथाम तथा नियन्त्रणका लागि मायादेवी गाउँपालिका पकडीलाई दश हजार बराबरको सहयोग रकम हस्तान्तरण गरेको छ ।

धौलागिरी लघुवित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालय पकडीका शाखा प्रमुख पवन श्रीवास्तवले सो रकम मायादेवी गाउँपािलकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मीलाई हस्तान्तरण गरेका हुन् ।

गण्डकी प्रदेशको बागलुङ्गमा केन्द्रिय कार्यालय रहेको राष्ट्रिय स्तरको मान्यता प्राप्त धौलागिरी लघुबित्त बित्तीय संस्थाका बिभिन्न जिल्लामा गरी छत्तिस वटा शाखा कार्यालय रहेका छन् ।

ती सबै शाखाबाट कोरोना कोषमा सहयोग रकम हस्तान्तरण गर्न केन्द्रको परिपत्र अनुसार सो रकम हस्तान्तरण गरेको शाखा प्रमुख श्रीवास्तवले बताए । सहयोग हस्तान्तरण कार्यक्रममा पकडी शाखाका कनिष्ट सहायक घनश्याम मौर्या र प्रशिक्षार्थी संजय गुप्ताको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७ बुधबार ००:००  १ : ३० बजे