१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

‘सिडियोले तास खेल्ने र रक्सी खाने साथीलाई पास बाँडे’



काठमाडौं ।
राष्ट्रियसभामा नेकपाका सांसद रानारायण विडारीले कोरोना फैलिनमा सिडियो पनि दोषी भएको बताएका छन् ।

उनले भने ‘तास खेल्दाको साथी रक्सी खाँदाको साथी जम्मैलाई पास बाँडिदिएछ अनि त टोलका दुईचार हजार भएका गुण्डाहरु गाडीका पास लिएर हिँड्नी, जनतालाई यत्रो आक्रान्त पार्ने?’ अझै पनि यसतर्फ सरकार संवेदनशील नभएको उनको आरोप छ ।

उनले थपे ‘अहिले पनि गृह मन्त्रालयको ध्यान जाओस् पासलाई बढो संवेदनशील भएर विचार गरी त्यो कार्य गरोस् ।’

उनले सरकारलाई हाम्रो र अर्काको भनेर नसोची काम गर्न सुझाव दिए। ‘कोही हाम्रा होइनन्, हामी कसैका होइनौं र हामी सत्य र ठिकका र सत्य र ठिक हाम्रो यही नारा सरकारले दिन सकोस्’ उनले भने ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७ बुधबार ००:००  १ : ३५ बजे