१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

वेलफेयरद्धारा वाणगंगाको क्वारेनटाइनलाई ५० हजार बराबरको स्वास्थ्य सामग्री प्रदान



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा ४ जीतपुरस्थित वाणगंगा स्पोट्स एण्ड वेलफेयर सोसाइटीले नगरपालिकाको सिद्धार्थ क्याम्पसको क्वारेनटाइनका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । बुधबार क्याम्पसमै गएर ५० हजार बराबरको माक्स, सेनेटाइजर लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको सोसाइटीका अध्यक्ष राजकुमार खाँणले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

नगरको क्वारेनटाइनमा बस्नेहरु दिनप्रतिदिन बढिरहेका बेला उनीहरुको स्वास्थ्य चेकजाँचमा खट्ने स्वास्थ्यकर्मी र व्यवस्थापनमा अहोरात्र लागि पर्ने जनप्रतिनिधि लगायतलाई सहज होओस् भनेर सामग्री प्रदान गरिएको अध्यक्ष खाँणले बताउनुभयो ।

सोसाइटीले गरेको यस सहयोगले ठुलो राहत मिलेको भन्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले धन्यबाद दिनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पन्थी, नगर प्रवक्ता विष्णु पौडेल र वडा नं. ४ का वडाध्यक्ष गशेण क्षेत्रीले सो सामग्री ग्रहण गर्नुभएको थियो । सोसाइटीको तर्फबाट अध्यक्ष खाँणसहित महासचिव दिनेश क्षेत्री, पूर्व अध्यक्ष पदम सेन, उपाध्यक्ष दिनेश सेन, राजन आले र सदस्य रुविना गुरुङ क्वारेनटाइनमा पुग्नुभएको थियो । नगरपालिकाको क्वारेनटाइनमा अहिले ८० जनाको हारहारीमा भारतबाट हालै आएकाहरु छन ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७ बुधबार ००:००  १० : ५६ बजे