बुटवल ।
गुल्मीका कोरोना संक्रमितको निधन भएको छ । रुपन्देहीको मणिग्रामको क्रिमसन अस्पतालमा उपचाररत मदाने गाउँपालिका वडा नं ६ का ४१ बर्षका पुरुषको निधन भएको हो । भेन्टिलेटरमा उपचार भइरहेको अवस्थामा उनको बुधबार विहान निधन भएको स्रोतको भनाई छ । यद्यपी यसको औपचारिक घोषणा भने गरिएको छैन ।
शिक्षण पेशामा रहेका उनी बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि क्रिमशन अस्पतालमा उपचार गराइरहेका थिए ।
उनको स्वास्थ्य अवस्था नाजुक भएका कारण उनलाई मंगलबार बुटवलको बिशेष कोरोना अस्पताल सार्न सकिएको थिएन । बिरामी सार्ने प्रक्रियामा जोखिम हुनसक्ने भन्दै प्रदेश सरकारका अधिकारीहरुले क्रिमशन अस्पताल प्रशासनलाई अनुरोध गरेपछि उनको त्यही नै उपचार भएको थियो ।
प्रतिक्रिया