गुल्मी ।
गुल्मीको मदाने गाउँपालिकामा कोरोना संक्रमण देखिएकाको परिवार र सम्पर्कमा रहेका ३० जनाको स्वाब संकलन गरिएको छ । मदाने गाउँपालिका ६ का ४१ वर्षीय पुरुषमा सोमबार भैरहवा प्रयोगशालामा गरिएको परीक्षणमा कोराना भएको पाइएको थियो ।
स्वास्थ्य कार्यालय गुल्मीबाट गएको टोलीले ३० जनाको स्वाब संकलन गरेको मदाने गाउँपालिकाका सूचना अधिकारी ऋषिराम पोखरेलले जानकारी दिए । संकलन गरिएको स्वाबलाई प्रादेशिक प्रयोगशाला रुपन्देही भैरहवामा परीक्षणका लागि पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए ।
कोरोना भएको पुष्टि भएसँगै मदाने गाउँपालिकालाई सोमबार साँझ ६ बजेदेखि अर्को सूचना जारी नभएसम्म सिल गरिएको छ । योसँगै गुल्मी अस्पतालको ओपिडी सेवा जेठ ६ र ७ गते बन्द गर्ने गरिएकोे जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेर संक्रमित यवकको उपचार भइरहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया