अर्घाखाँची ।
अर्घाखाँचीका जिल्ला सीमा नाका सिल गरिएको छ । छिमेकी जिल्लाहरुमा कोरोना भाइरसका बिरामीहरु बढ्दै गएपछि उच्च सर्तकता अपनाउँदै सीमा नाका सिल गरिएको हो ।
जिल्ला सुरक्षा समितिको बैठकले अर्घाखाँचीसँग जोडिएका सबै नाकाहरु अर्को निर्णय नभएसम्मका लागि सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनुभयो । यस्तै बैठकले अर्को व्यवस्था नभएसम्म वित्तीय संस्था पनि बन्द गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
बैठकले तरकारी, दूध, किराना, मासु पसललगायत बिहान ७ देखि १० बजेसम्म र बेलुका ५ बजे देखि ७ बजेसम्म मात्र खोल्ने निर्णय गरेको छ । साथै लकडाउनलाई थप कडाइ गर्ने पनि जनाइएको छ ।
प्रतिक्रिया