१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तु मदिरा व्यवसायी संघले बाड्यो ५५ हजार बराबरको स्वास्थ्य सामग्री



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु मदिरा व्यवसायी संघले ५५ हजार बराबरको स्वास्थ्य सामग्री वितरण गरेको छ । जिल्लाका सञ्चारकर्मी, सुरक्षाकर्मी र जिल्ला प्रशासन कार्यालयका कर्मचारी गरी उक्त रकम बराबरको स्वास्थ्य सामग्री वितरण गरेको हो ।

कोरोना भाइरससंग फिल्डमा अहोरात्र लड्न प्रयत्नशिल सुरक्षाकर्मी, सञ्चारकर्मी र जिल्ला प्रशासन कार्यालयका कर्मचारीको मनोबल उच्च बनाउन स्वास्थ्य सामग्री वितरण गरिएको संघका जिल्ला अध्यक्ष सन्देश कक्षपतिले बताउनुभयो ।

संघमा आवद्ध व्यवसायीबाट पैसा उठाएर स्वास्थ्य सामग्री किनेर वितरण गरेको उहाँले बताउनुभयो ।

जिल्लास्थित प्रशासन कार्यालय कपिलवस्तु, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय चन्द्रौटा, तौलिहवा र वाणगंगा क्षेत्रका सञ्चार गहृलाई स्वास्थ्य सामग्री वितरण गरेको संघका सचिव गोविन्द पौडेलले बताउनुभयो ।

विपतको बेला सहयोग गर्न पाउँदा खुसी महसुस भएको भन्दै आगामी दिनमा पनि संघले आफु सक्दो सहयोग गर्ने अभियान जारी राख्ने संघका कोषाध्यक्ष विष्णु प्रसाद सापकोटाले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सोमबार संघका पदाधिकारीसहितको टोलीले रेडियो मायादेवी र मायादेवी अनलाइन डटकमको कार्यालयमा आएर स्वास्थ्य सामग्री दिएका छन् । स्वास्थ्य सामग्रीमा सेनेटाइजर र माक्स रहेका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७ मंगलबार ००:००  ७ : २२ बजे