१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

नेपालको एक कण माटो पनि छोडिन्न : दिनानाथ शर्मा



काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्मा भारतले अतिक्रमण गरेको नेपालको भूभाग फिर्ता गराएरै छाड्ने दाबी गरेका छन् । उनले नेपालको एक कण माटो पनि नछोड्ने बताए ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ राजनीतिक नक्सा मन्त्रिपरिषदबाट पारित भएको भोलिपल्ट राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुँदै नेता शर्माले सो कुरा बताएका हुन् ।

‘सरकारले एक कण माटो छोड्दा पनि छोड्दैन । त्यसलाई फिर्ता गरेरै छोड्छ,’ शर्माले भने, ‘हामी कसैले एक टुक्रा जमिन वा एक इन्च माटो अथवा एक मुठी माटोको आशा पनि गर्दैनौं ।’

नीति तथा कार्यक्रममा नयाँ नक्सा सार्वजनिक गर्ने र गुमेको भूमि फिर्ता गर्ने प्रतिवद्धता आएको र त्यसमा सांसदहरुले संसदमा प्रश्न उठाइरहँदा सरकार कार्यान्वयन गइसकेको उनले बताए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७ मंगलबार ००:००  १ : ४० बजे