एजेन्सी ।
स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी विगत लामो समययता बार्सिलोनामा छन् । उनले अन्य क्लबमा जाने चर्चा पटक–पटक चलिरहेको हुन्छ । तर, मेस्सी भने सन् २००४ देखि बार्सिलोनाको सिनियर टिममा छन् ।
उनी सन् २००१ देखि बार्सिलोनाको युथ टिममा फुटबल खेलिरहेका थिए । युथ करियरमा छिटै सफलता पाएपछि मेस्सी बार्सिलोनाको सिनियर टिममा आएका हुन् । यो सिजन पनि मेस्सीको अनुबन्धको चर्चा चलिरहेको छ ।
इटालियन क्लब इन्टर मिलानका पूर्वअध्यक्ष मासिमो मोराटीले अर्जेन्टिनाका स्टार मेस्सीले बार्सिलोना छोडेर इन्टर मिलानमा आउन खोजेको बताएका छन् । उनले मेस्सी आउन चाहे इन्टरले अनुबन्ध गर्न केही कसर छाड्न नहुने बताए ।
“मेस्सी अनुबन्ध गर्नु सबैको सपना हो । तर, अहिले उनी बार्सिलोना छोड्न चाहन्छन् । मेस्सी अब बार्सिलोना छाड्ने नछाड्ने भन्ने उनीमा भर पर्ने कुरा हो । तर, इन्टरमा आउन चाहे उनलाई भित्र्याउन क्लबले कुनै कसर बाँकी राख्ने छैन,” मोराटीले जीआर पार्लामेन्टोसँगको कुराकानीमा भने ।
प्रतिक्रिया