१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

रोल्पाको आईसोलेशनमा रहेका २२ वर्षीया युवाको निधन



काठमाडौं ।
रोल्पाको आईसोलेशनमा रहेका २२ वर्षीया युवाको निधन भएको छ । उनको सोमबार दिउँसो निधन भएको जनाईएको छ । उनी सानो लिबाङका हुन् ।

मृतक युवा लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए । उनलाई आइतबार राति साढे १० बजे रोल्पा अस्पताल रेउघामा भर्ना गरिएको थियो ।

आइसोलेसनमै मृत्यु भएकाले उनमा कोरोना संक्रमण भए नभएको जाँच गरिने भएको छ । तर, अस्पतालमा युवको आरडिटी जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । मृतक युवाको कोरोनाको पिसीआर परीक्षणको लागि स्वाब लिईएको पनि जनाईएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७ मंगलबार ००:००  ७ : ४० बजे