९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

दुई दिन लगाएर वाणगंगामा १ सय १३ जनाको स्वाब संकलन



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाकी कोरोना संक्रमित ६ बर्षीया बालिकाका सम्पर्कमा आएका भनिएका २९ जनाको स्वाब संकलन भएको छ ।

सोमबार ५८ जनाको स्वाब लिइएकोमा त्यसमा २९ जना बालिकाको कन्ट्याक्क ट्रेसिङमा रहेकाहरु परेका छन् ।

बालिकालाई उपचारको लागि काठमाण्डौँ लैजाने सवारी चालक, दूध डेरीका संचालक र आफन्तहरुको स्वाब लिइएको जनाइएको छ ।

आइतबार पनि ५५ जनाको स्वाब संकलन गरिएको थियो । यसरी २ दिनमा बाणगंगामा १ सय १३ जनाको स्वाब संकलन भएको छ । जसमा ६६ जना क्वारेनटाइनका रहेका छन् भने कोरोना महामारीको समयमा पहिलो पंक्तमा रहेर काम गर्ने १४ जना स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि र संचारकर्मीको पनि स्वाब संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार ७ जना संचारकर्मीको स्वाब संकलन भएको छ । सिद्धार्थ क्याम्पसमा पिपरा अस्पतालका स्वास्थ्य प्राविधिकले स्वाब संकलन गरेका हुन् । संकलन गरिएको स्वाबहरु परीक्षणको लागि सोमबारै नगरपालिकाको गाडीबाट काठमाण्डौँ पठाइएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७ सोमबार ००:००  ८ : ३४ बजे