१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

प्रदेश ५ को बाँकेमा ४७ जनामा देखियो कोरोना



नेपालगञ्ज ।
प्रदेश ५ को बाँके जिल्लामा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १ सय ९२ जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

त्यहाँ रहेका २ सय ७३ जनाको स्वाब संकलन गरी भेरी अस्पतालमा ल्याइएको र १ सय ९२ जनाको परीक्षण गरिएको थियो । जसमा ४६ पुरुष र एक महिलामा कोरोना भेटिएको अस्पतालले जनाएको छ।

बाँकी ८१ जनाको स्वाब परीक्षण हुने क्रममा रहेको अस्पताल स्रोतले जनाएको छ । आइतबार क्वारेन्टाइनमै निधन भएका युवकको सम्पर्कमा आएकालगायतको स्वाब संकल गरी परीक्षण गरिएको हो।

प्रकाशित मिति : ५ जेष्ठ २०७७ सोमबार ००:००  ४ : ०६ बजे