मायादेवी अनलाइन, तौलिहवा ।
कोरोनाको इपिसेन्टरमा परेको कपिलवस्तुमा किटको अभाव हुँदा कोरोना परिक्षणमा ढिलाई भएको छ । किट अभाव हुँदा क्वारेन्टाइनमा बसेकाको स्वाब परीक्षण हुन सकेको छैन् । जिल्लामा प्रदेश नम्बर ५ मा सबै भन्दा बढी ४३ जना कोरोना संक्रमित भेटिएका छन् ।
पिसीआर टेस्टका लागि भिटिएम किटबाट स्बाव संकलन गर्ने गरिन्छ । तर सिमित मात्रामा किट हुँदा क्वारेनटाइमा बसेका ८० प्रतिशत बढीको अझै स्वाब संकलनमा ढिलाई भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।
यस्तै कोरोना संक्रमितको ट्राभल हिस्ट्री र कन्ट्याक्ट टे«सिङबाट पहिचान भएका ब्यक्तिको समेत स्वाब संकलन समयमै हुन सकेको छैन् । अहिलेसम्म १ हजार ३४० भिटिएम किट प्राप्त भएको थापाले बताए । जसमध्ये १ हजार २३९ जनाको स्वाब टेस्ट भईसकेको छ ।
यशोधरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालले क्वारेनटाइनमा १४ दिन बढी बिताएका मानिसहरु बढ्दै गएका छन् तर किटको अभाव देखाउदै स्वाब संकलन नगरिदा धेरै समस्या आएको बताए ।
यशोधराका क्वारेनटाइनमा ९ सय ८ जना छन् । त्यसमध्ये आधा भन्दा बढीले १४ दिन बढी क्वारेनटाइनमा बिताए पनि परिक्षण नहुँदा आत्तिएको उनले बताए । ‘जसातसो थमथमाएर राखेका छौ, अब अरु ढिला गरे भने झन समस्या हुने देखिन्छ, उनले भने ।’ क्वारेनटाइनमा मान्छे थपिदै गए पनि परिक्षण नगरिदा समस्या जटिल बन्दै गएको उनले गुनासो गरे । यशोधरा गाउँपालिकामा-१२ जना संक्रमित भेएिका छन् ।
यस्तै ५ जना संक्रमित भेटिएको मायादेबी गाउँपालिमामा पनि किट अभावले परिक्षणमा ढिलाई भएको मायादेवी गाउँपालिका स्वास्थ्य संयोजक महेन्द्र यादवले बताए । ‘क्वारेनटाइनमा २० दिन बढी बसकेकाहरु समेत छन् तर उनीहरुको अहिलेसम्म परिक्षण हुन सकेको छैन्’ उनले भने, ‘क्वारेनटाइनमा बसेकाहरुको गोठाला बस्न बाध्य छौ ।’
क्वारेनटाइनमा १४ बिताई सकेकाहरुले कि आफुहरुलाई परिक्षण गरियोस नत्र घर जान दिईयोस भन्ने माग गरिरहेको यादवले बताए । परिक्षण ढिलाई हुँदा आफुहरु तनावमा परेको उनले गुनासो गरे । मायादेवी गाउँपालिकामा ७ सय ८७ जना क्वारेनटाइनमा छन ।
जिल्लाका लागि तत्काल १० हजार किट माग गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । पिसीआर परीक्षणका लागि १ हजार ३४० सय भीटीएम र आरडीटी किट १ हजार १ सय ६० प्राप्त भएको छ । किट अभावले परिक्षणमा समस्या आएको बताए । आरडीटी किट सकिएको छ ।
सोमवारसम्म एक हजार ३०३ जनाको पिसीआर परीक्षण गरिएको छ । किट अभाव हुँदा क्वारेन्टाइनमा बसेका ८० प्रतिशतभन्दा बढीको परीक्षण हुन् सकेको छैन् । जिल्लाका १० स्थानीय तहका क्वारेन्टाइनमा ७ हजार ८ जना रहेका छन् ।
प्रतिक्रिया