एजेन्सी ।
म्यान्चेस्टर युनाइटेडका पूर्वखेलाडी नानीले आफू युनाइटेडमा आउँदा प्रशिक्षक आलेक्स फर्ग्युसनसँग धेरै डराएको बताएका छन् । नानी सन् २००७ मा पोर्चुगली क्लब स्पोर्टिङबाट म्यान्चेस्टर युनाइटेडमा आएका थिए ।
पोर्चुगली स्टार खेलाडी नानी भर्खरै युनाइटेडमा जाँदा आफू फर्ग्युसनसँग केही रूपमा डराएको बताए । साथै विस्तारै सबै कुरा राम्रोसँग बुझ्दै जाँदा उनी मिलनसार प्रशिक्षक रहेको उनले बताएका छन् ।
“सुरुमा म प्रशिक्षकसँग धेरै डराएको थिएँ । आफ्नो बुबाजस्तै । केही गल्ती हुँदा र केही गलत गर्दा पनि धेरै डर लाग्थ्यो । अन्य खेलाडीसँग प्रशिक्षक बोल्दा मलाई पनि बोलौं जस्तो लाग्थ्यो तर के कुरा बोल्ने भन्ने लाग्थ्यो,” नानीले यूटीडी पोडकास्टसँगको कुराकानीमा भने ।
फर्ग्युसन युनाइटेडका लागि सफल प्रशिक्षक मानिन्छन् । उनले युनाइटेडमा रहेका क्लबका लागि धेरै उपाधि जिताइसकेका छन् ।
प्रतिक्रिया