नयाँदिल्ली ।
भारतमा एकै दिन पाँच हजारभन्दा बढी कोरोना भाइरस संक्रमित भेटिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले विगत चौबीस घण्टामा पाँच हजार २४२ नयाँ कोरोना संक्रमित देखिएको पुष्टि गरेको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ९६ हजार १६९ पुगेको छ ।
बीबीसीका अनुसार भारतमा एकै दिनमा कोरोना संक्रमितको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । स्वास्थ्य मन्त्रालयले बितेको चौबीस घण्टामा कोरोना भाइरस संक्रमित एक सय ५७ जनाको मृत्यु भएको जनाएको छ ।
भारतमा अहिलेसम्म तीन हजार २९ जना संक्रमितको मृत्यु भइसकेको छ । संक्रमितमध्ये भारतमा ३६ हजार ८२३ जना उपचारपछि घर फर्किएका छन् ।
राज्यको स्थिति
महाराष्ट्र – ३३ हजार ५३ संक्रमित, एक हजार १९८ को मृत्यु
गुजरात – ११ हजार ३७९ संक्रमित, ६ सय ५९ को मृत्यु
तमिलनाडु – ११ हजार २२४ संक्रमित, ७८ को मृत्यु
दिल्ली – १० हजार ५४ संक्रमित, एक सय ६० को मृत्यु
राजस्थान – पाँच सय २०२ संक्रमित, एक सय ३१ को मृत्यु
(बीबीसी)
प्रतिक्रिया