मायादेवी अनलाइन, चारनम्बर ।
कोरोना भाइरसको जोखिम न्यूनिकरणमा गरिएको लकडाउनबाट प्रभावित वर्गलाई नेविसंघ र तरुण दल कपिलवस्तुले राहत वितरण जारी राखेका छन् ।
लकडाउन शुभारम्भ भएदेखि नै राहत बाड्दै आएका कांग्रेस भातृसंस्था नेविसंघ र तरुण दलले आइतबारमात्र वाणगंगा ३ मा राहत बाँडेका हुन् ।
नेपाली कांग्रेस बाणगङ्गा नगरपालिका वडा नं.३ कार्यसमितिको आयोजनामा वडाभित्र रहेका अति बिपन्न परिवार, एकल, असाहय र अशक्त २६ परिवारलाई खाद्यान्न सामग्रीका साथै झुल बाँडेको हो ।
सामाजिक दुरी कायम गरी वडाभित्रका बिपन्न परिवारलाई खाद्यान्न दाल, चामल, नुन, तेल झुल लगायतका सामाग्री हस्तान्तरण गरिएको वडा नं. ३ का कांग्रेस वडा सभापति खिमानन्द पाण्डेले जनाउनुभयो ।
नेपाल तरुण दल जिल्ला सभापति शक्ति सिंह ठकुरीले देश यस्तो अवस्थामा रहँदा त्यसै बस्न नसकिएको र बिपन्न परिवारलाई सहयोग गर्नुपर्छ भनेर पार्टी ब्यक्ती बिशेष नहेरी जो बिपन्न छन् ती परिवारलाई सहयोग गर्दै आइरहेको बताउनुभयो ।
नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले नेविसंघ र तरुण दल सदैव जनताको साथमा रहेको बताउँदै विद्यार्थीका हक हितमा मात्र हैन सामाजिक कार्यमा समेत अग्रसरताका साथ लागि परेको बताउनुभयो ।
राहत सामग्री पाएपछि खुसी हुँदै उनीहरुले आभार व्यक्त गरेका थिए ।
प्रतिक्रिया