१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तुको बाणगंगामा पनि घन्कियो ‘गो ब्याक इण्डिया’ नारा (भिडिओ)



बिमल गैरे, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका चार नम्बरमा ‘ब्याक अफ इण्डिया’ नारा घन्किएको छ । भारतले नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा मिचेर सडक विस्तार गरेकोमा त्यसको विरोध गर्दै स्थानीयले प्रदर्शन गरेका हुन् । मायादेवी अगाडी घर भएकी प्रतिमा सेनको नेतृत्वमा निस्किएका स्थानीयले गो ब्याक इण्डिया भन्दै नारा घन्काएका थिए ।

सुरुमा प्रतिमा एक्लै गो ब्याक इण्डिया नामक ‘प्ले कार्ड’ बोकेर सडकमा आएकोमा पछि स्थानीयहरु भेला भएका थिए । उनीहरुले करिब आधा घण्टा ‘भारतीय विस्तारबाद मुर्दाबाद’, ‘लिपुलेक हाम्रो’, ‘भारतीय सेना कालापानी छोड्’ लगायतका नारा लगाएका थिए । प्रदर्शनमा ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

लक डाउनको चुनौति हुँदाहुँदै देशमा भएको भारतको हस्तक्षेप सहन नसकेपछि आफू सडकमा निस्केको प्रतिमाले मायादेवीसंग बताउनु भयो । सरकारको विरोधमा नभएर भारतीय हस्तक्षेपको विरोधमा प्रर्दशन गरेको उहाँको भनाई छ । उहाँले आफूले तिनचार दिनअघि यो काम गर्ने सोचेको भए पनि आज गर्न सफल भएको बताउनु भयो ।

सर्वसाधारणमा देशप्रेमप्रतिको चेत कति छ ? भनेर जाँच गर्न दुई प्लेकार्डसहित आफू एक्लै सडकमा आए पनि पछि मस्तै स्थानीयले साथ दिएपछि धेरै खुसी लागेको मायादेवीसंग उहाँले प्रतिक्रिया दिनुभयो । उहाँले सबै मिलेर भारतलाई झुकाउनै पर्ने बताउनु भएको छ ।

प्रदर्शनमा उत्रनुभएका नेता माधव भाट क्षेत्रीले सबै जनता एकजुट भएमा भारतले मिचिएको सिमा फिर्ता गर्ने दाबी गर्नुभयो । प्रर्दशनमा स्थानीय समाजसेवी, शिक्षक लगायतले ऐक्यवद्धता जनाएका थिए । प्रदर्शनमा सहभागी संचारकर्मी उदय पोख्रेल, मनोज थापा लगायतले पनि माग जायज भएको भन्दै सामाजिक दुरी कायम गरेर प्रदर्शन गर्नु पर्ने बताउनु भएको थियो ।

भिडियोको लागि तल क्लिक गर्नुहोला ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७ आइतबार ००:००  ७ : ५५ बजे