मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु अस्पतालमा कार्यरत संक्रमित नर्ससंग नजिकमा रहेर काम गर्ने तौलिहवा अस्पतालका ६ जना डाक्टर र नर्सकोे परिवारको नतिजा ‘नेगेटिभ’ आएको छ । पहिलो चरणमा ७ जनाको परिक्षण गर्न पठाइएकोमा सबैको नतिजा ‘नेगेटिभ’ आएको अस्पतालका निमित्त मेसु डा। किशोर क्षेत्रीले बताए । मेसु डा. किशोर बन्जाडे, पूर्ण बहादुर घर्ती, गणेश क्षेत्री पुनम लामा, नबिन सापकोटा, मणिराज न्यौपानेको रिपोर्ट नेगेटिभ आएको हो ।
बिहीवार ७ र शुक्रवार १ सय ४ जनाको स्वाब संककल गरी पठाईएको थियो । संक्रमित नर्सका बुवाआमा सहीत ६ मध्ये ५ जनाको रिपोर्ट पनि नेगेटिभ आएको डा. क्षेत्रीले बताए । अस्पतालमा कार्यरत नौ जना डाक्टर मध्ये ६ जनाको रिपोर्ट आएको हो ।
१ सय ११ मध्ये ८८ जनाको रिपोर्ट आईसकेको र बाँकी २३ जनाको आउँन बाँकी छ । प्रदेश जन स्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणले सो रिपोर्ट देखाएको हो । सोमवारसम्म सबैको रिपोर्ट आउँने उनले बताए ।
नर्स कोरोना संक्रमित भए पछि गत शुक्रवार देखि अस्पतालमा आकस्मिक र प्रसुति सेवा बाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा कर्मचारीहरुको रिपोर्टका आधारमा अस्पतालको सरसफाई गरिए पछि सेवा सुरु गरिने डाक्टर क्षेत्रीले बताए ।
प्रतिक्रिया