१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बाँकेको क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना पुष्टि



काठमाण्डौँ ।

बाँकेको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ।प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको बताउनु भयो । यससंगै नेपालमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ ।

प्रदेश नम्बर पाँचको प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिआइजी रवीन्द्र धानुकले मृतकको रिपोर्ट पोजेटिभ आएको बताउनु भएको हो । ती युवकको मृत्यु कोरोनाकै कारण भयो या अन्य कारणले भयो भन्नेबारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाँकी छ । यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा कोरोनाभाइरसको पुष्टि भएको थियो।

प्रकाशित मिति : ४ जेष्ठ २०७७ आइतबार ००:००  ४ : २७ बजे