१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मुटुमा समस्या देखिएपछि श्रममन्त्री यादव अस्पताल भर्ना



काठमाडौं ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव अस्पताल भर्ना भएका छन् ।

मुटुमा समस्या देखिएपछि उनी बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका हुन्। ।

केही दिनदेखि बुबाको छाती दुखिरहेको र आज नियमित चेकजाँचका लागि अस्पताल गइएकोमा चिकित्सकको सल्लाहअनुसार भर्ना गरिएको उनका छोरा मनिष यादवले बताए ।

मन्त्री यादवमाथि कुनै प्रकारको स्वास्थ्य खतरा नरहेको उनका छोरा यादवले बताएका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७ आइतबार ००:००  ३ : ३८ बजे