१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

विजयनगरमा बैशाख २९ गते २६ जनामा गरिएको पिसीआर रिपोर्ट ‘नेगेटिभ’



राम प्रघट कोरी, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा दोस्रो दिन २९ गते २६ जनामा गरिएको पिसीआर रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

बैशाख सोमवार २६ जनामा पिसीआर स्वाब संकलन गरी कोरोना परिक्षण अस्पताल भैरहवामा पठाइएकोमा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना सम्पर्क व्यक्ति कुमार थापाले जानकारी दिनुभएको छ ।

शनिवार आएको सुचना अनुसार सबै रिपोर्ट ‘नेगेटिभ’ आएको हो । भारतको महाराष्ट्रको मुम्बई, पुणे लगायत विभिन्न ठाउँबाट आइ गाउँपालिका क्वारेन्टाइनमा उनीहरुलाई राखिएको थिथो ।

त्यस्तै बैशाख २८ गते ५० जनाको स्वाब संकलन गरिएकोमा पिसीआर परिक्षण नेगेटिभ आएको थियो । यसरी गाउँपालिकामा गरिएको पहिलो चरणको पिसीआर ७६ जना सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको थापाले बताउनुभयो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७ आइतबार ००:००  ९ : ०७ बजे