१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

ब्रेकिङः वाणगंगाकी कोरोना संक्रमित बालिकाको हजुरबुवा र आमाको रिपोर्ट ‘नेगेटिभ’



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु वाणगंगा ४ ठाकुरापुरकी ६ बर्षीया कोरोना संक्रमित बालिकाको हजुरबुवा र आमाको रिपोर्ट कोरोना ‘नेगेटिभ’ आएको छ ।

स्थानीय मिलन चालिसेले भर्खरै दिनुभएको जानकारी अनुसार रिपोर्ट नेगेटिभ आएको हो ।

गत विहीबार बालिकालाई काठमाडौं उपचारको क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।

घाँटीको समस्या आएपछि बालिकालाई बैशाख २७ गते काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पताल उपचारका लागि लगिएको थियो । त्यहाँ उपचारको क्रममा बालिकालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

अहिले बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । यसभन्दा अघि गत शुक्रबार साँझमात्र अस्पतालका चिकित्सक र कर्मचारीको रिपोर्ट पनि नेगेटिभ आएको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७ आइतबार ००:००  ६ : २२ बजे