१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

जागृतिले दियो दुई पालिकालाई स्वास्थ्य सामग्री



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा कोरोना भाइरस संक्रमणको रोकथाममा सामाजिक संघसंस्थाले प्रत्यक्ष सहयोग पु¥याउदै आएको पाइएको छ । कोरोना भाइरस (कोभिड १९) बारे जनचेतना, राहत सहयोग तथा कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा अत्यावश्कीय स्वास्थ्य सामग्री वितरणमा संघसंस्थाले सहयोग गर्दै आएका छन् । पछिल्लो समय कपिलवस्तुमा कोरोना भाइरसको संक्रमण बढ्दै जादा सामाजिक संघ संस्थाले स्थानीय तहसंग सहकार्य गरेर अघि बढेको सिद्धार्थ सामाजिक विकास केन्द्रका पूर्व अध्यक्ष पोमनारायण पौडेल बताउँछन् ।

जिल्लाका क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दै गइरहेको र अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव भइरहदा आवश्यक सहयोगका लागि विभिन्न निकायबाट सहयोगका लागि पहल भइरहेको छ । सोही क्रममा शनिबार कपिलवस्तुमा २ पालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण भएकोे छ ।

जागृति बाल तथा युवा सरोकार नेपालको सहयोगमा ५ लाख ६० हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । यशोधरा र विजयनगर गाउँपालिकाको माग बमोजिम संस्थाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बताए । संस्थाले प्रति गाउँपालिका टप ग्लब्स ५० पकेट, पेपर मास्क १००० पिस, मास्क केएन ९५ पचास पिस, सेनिटाइजर ५० बोटल, पिपिई सेट २५ थान र इनफ्रेड थर्मामिटर १० पिस हस्तान्तरण गरेको हो ।

२ पालिकाका प्रतिनिधीलाई जागृति बाल तथा युवा सरोकार नेपालको सहयोगमा सिद्धार्थ सामाजिक विकास केन्द्रले समन्वय गरी संस्थाको कार्यालयमा हस्तान्तरण गरेको थियो । हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष तेज प्रसाद आचार्य, सचिव रोमकान्त घिमिरे, पूर्व अध्यक्ष पोमनारायण पौडेल लगाएतको उपस्थिती थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७ आइतबार ००:००  ६ : १० बजे