१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तुमा थपिदै आइसोलेसन र क्वारेनटाइनका बेड संख्या, कहाँ कति ?



मायादेवी अनलाइन, तौलिहवा ।
कोरोना संक्रमितको संख्या बढे पछि कपिलवस्तुमा ढाई सय बेडको आइसोलेसन सेन्टर र २ सय बेडको क्वारेनटाइन निमार्ण गरिने भएको छ । जिल्लाका पाँच पालिकामा पचास–पचास बेडको आइसोलेसन सेन्टर तथा कपिलवस्तु बहुमुखी क्याम्पसमा दुई सय बेडको क्वारेनटाइन निर्माण गरिने भएको हो ।

दुई दिन अघि प्रदेश सरकारले कपिलस्तु बहुमुखी क्याम्पसमा ५० बेडको आइसोलेसन बेड निर्माण गर्ने निर्णय गरेको थियो । तर, स्थानीय स्तरबाट बिरोध भए पछि अहिले त्यहाँ क्वारेनटाइन मात्र निमार्ण गरिने भएको हो । जिल्ला प्रशासन कार्यालयमा सुरक्षा समितिको बैठकमा प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीको सहभागीतामा भएको बैठकले सो निर्णय गरेको हो ।

प्रजिअ दीर्घ नारायण पौडेलले संक्रमितको संख्या बढेसंगै तिनीहरुको उपचार तथा राख्न समस्या भए पछि प्रदेश सरकारको समन्वयमा सो निर्णय गरिएको बताउनुभयो । मायादेवी गाउँपालिका – १ पकडी स्थित फैजल अहमदको निर्माणधिन निजी अस्पताल, सोही पालिकाकोे वडा नम्बर ३ फुलिका स्थित सार्वजनिक घर, कपिलवस्तु नगरपालिका– ३ स्थित महिला तथा बालबालिका कार्यालयको भवन, शिवराज नगरपालिकाको नलकुप सिंचाई भवन, बिजयनगर गाउँपालिकाको आयुर्बेद भवनमा पचास÷पचास बेडको आइसोलसन सेन्टर निर्माण गरिने छ ।

कपिलवस्तु नगरपालिका– ३ स्थित महिला तथा बालबालिका कार्यालयको भवनमा अहिले नगरपालिकासंग संझौता गरी लिडो नामक संस्था बसेको छ । सो संस्थासंग संझौता ताडेर आइसोलसन सेन्टर निर्माण गर्ने निर्णय भएका प्रजिअ पौडेलले बताउनुभयो ।

काठमाडौंमा रहेका संस्थाका अध्यक्ष तथा सांसद अतहर कमालले लकडाउनको समयमा बिना जानकारी एकतर्फी रुपमा सम्झौता तोड्ने निर्णय दुःखद रहेको बताउनुभयो । मन्त्री केसीले आइसोलेसन सेन्टर र क्वारेनटाइन निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।

राष्ट्रिय बिपदको बेला सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नु पर्ने उहाले बताउनुभयो । जिलल्लाका १० पालिकामा संचालन गरिएको ६ हजार ८७५ बेडमा ६ हजार ७८७ जना रहेको प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा ४३ जा संक्रमति भेटिएका छन ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७ शनिबार ००:००  ८ : ३७ बजे