एजेन्सी ।
भारतीय कांग्रेस नेता राहुल गान्धीले शनिबार भिडियो कन्फ्रेन्सको माध्यमबाट पत्रकार सम्मेलन गरे, जसमा देशभरका पत्रकारहरुले उनीसँग प्रश्न सोधेका थिए ।
उनले पत्रकार सम्मेलनमा भने, ‘तुफान आएको छैन, आउँदैछ । ठूलो मात्रामा आर्थिक क्षति हुँदैछ, यसलै सबैलाई चोट पुग्नेछ ।’ केन्द्र सरकारको आर्थिक प्याकेजमा ऋणको चर्चा गरिएको भए पनि त्यसबाट माग पूरा नहुने उनले बताए । आफूहरुले पैसा नदिँदा र माग बढ्दा देशले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने राहुल गान्धीले बताए ।
‘कोरोनाले भन्दा धेरै क्षति हुनेछ । पैसा जबसम्म जनताको गोजीमा पुग्दैन तबसम्म समस्या दूर हुँदैन । पैसा सिधै गरिबको गोजीसम्म पुग्नु जरुरी हुन्छ । यो प्याकेजबारे फेरि चर्चा हुनुपर्छु, उनले भने ।’
अहिलेको अवस्थामा माग र वितरण दुवै बन्द रहेको र माग सुरु नहुँदा वितरण पनि गर्न नसक्नु नकै खतरनाक भएको उनले बताए । राहुलले भने, ‘यसर्थ मानिसहरुको गाजीमा पैसा दिनुपर्छ । जस्तै इन्जिन चल्नको लागि तेल चाहिन्छ । तेल भएन भने इन्जिन चल्दैन ।’
आर्थिक प्याकेज घोषणापछि पनि मानिसहरुको अनुहारमा चिन्ता देखिएको राहुल गान्धीले बताए । ‘उनीहरु सन्तोष छैनन् । यसको कारण यो क्रेडिट प्याकेज हो, पैसा दिइएको छैन, पैसा त मिल्ला तर कर्जासहित मिल्नेछ । तर पैसाको आवश्यकता अहिले नै छ । यो दोषारोपणको समय होइन, समस्या निकै ठूलो छ । बीजेपी सरकारमा छ र औजार पनि उसको हातमा छ । उसको जिम्मेवारी धेरै छ’, उनले भने ।
जो मानिसहरु सडकमा हिँडिरहेका छन्, उनीहरुको मद्दत गर्नु सबैको कर्तव्य भएको उनले बताए । उनका अनुसार उनीहरुलाई पैसा दिनु र उनीहरुको हात समाउनु निकै जरुरी छ ।
लकडाउनको सम्बन्धमा उनले भने, ‘लकडाउन हटाउनुपर्छ तर होसियारी र समझदारीपूर्वक हटाउनुपर्छ । यो कुनै आयोजना होइन, यो एक जटिल प्रक्रिया हो । हामी वृद्धवृद्धा, मुटुका बिरामी, किड्नीका बिरामीको ज्यान गएको हेर्न चाहँदैनौँ । विना समझदारी लकडाउन हटाइए निकै क्षति हुनेछ ।’
प्रतिक्रिया