एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरूद्धको खोप तयार भएपनि नभएपनि अमेरिका खोल्ने वाचा गरेका छन्।
उनले कोरोनाविरूद्धको खोप वर्षको अन्तसम्म बनाइसक्ने उदेश्य रहेको बताउँदै यस्तो बताएका हुन्।
ट्रम्पले वैज्ञानिकहरुलाई यस वर्षको अन्तसम्म कोरोना भाइरस खोप तयार पार्ने हिसाबले गति बढाउन भनेका छन्। तर, विज्ञहरूले खोपको सफल परिक्षण गर्न १८ महिनाभन्दा बढी लाग्न सक्ने बताउँदै आएका छन्।
ट्रम्पले कोरोना विरूद्धको खोप योजनालाई दोश्रो विश्वयुद्धको बेलामा अमेरिकाले संसारको पहिलो आणविक बम बनाउँदाको ुअपरेसन र्याप स्पीडु योजनासँग तुलना गरेका छन्। तर, ट्रम्पले खोप नबने पनि अमेरिकीहरू सामान्य जीवनमा फर्किनुपर्नेमा जोड दिए।
शुक्रबार ह्वाइट हाउसको रोज गार्डेनमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले खोप निर्माण योजना संभावित १४ वटा खोप नमुनाको अध्ययनबाट अघि बढ्ने बताए।
ुयो भनेको बृहत र छिटो होु, उनले भने, ु म्यानह्याटन योजना यताकै यो एउटा ठूलो वैज्ञानिक, औधोगिक र तार्किक प्रयास हो।ु
यसक्रममा राष्ट्रपति ट्रम्पले पूर्व स्वास्थ्य कार्यकारीसमेत रहेका एक सैनिक जनरलको नाम लिदैं ती जनरलले सरकार र निजी क्षेत्रको साझेदारीमा चल्ने यस योजनाको नेतृत्व लिने बताए।
योजनाको खोप विभागको नेतृत्व ग्लाक्सोस्मिथक्लिने औषधि कम्पनीको कमान सम्हालिसकेका मोन्सेफ स्लाउइले सम्हाल्नेछन् भने जनरल गुस्ताभ पेर्नाले प्रमुख अपरेटिङ अफिसको कमान सम्हाल्नेछन्।
पत्रकार सम्मेलनमा ट्रम्पपछि बोलेका स्लाउइले यसैवर्षको अन्तसम्ममा केही लाख खोपहरू तयार भइसक्नेमा आफू विश्वस्त रहेको बताए।
प्रतिक्रिया