काठमाण्डौँ ।
अर्को सूचना नआएसम्म आज दिउँसो १२ बजेदेखि ७ गते बिहान ६ बजेसम्म घर बाहिर हिँडडुल गर्न रोकिएको नगर प्रमुख घनश्याम गिरीले बताउनुभयो । बिरामी हिँडडुल गर्नुपरेमा सामाजिक दूरी कायम गर्ने, स्यानेटाइजर, माक्स र पञ्जा लगाएर मात्र हिँड्न आग्रह गरिएको उहाँले बताउनुभयो ।
नगरपालिका भित्रका औषधी पसलबाहेक अन्य पसल र विकास निर्माणका काम गर्न रोक लगाउने निर्णय भएको छ । काठमाण्डौको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरि नगरपालिकाले ६ जनामा कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएपछि कडाइ गरेको हो । सरकारले नागढुङगा नाकामा गरेको कडाइ निरन्तर रहेको र नगरपालिकाभित्र पनि सतर्कता अपनाएको नगरप्रमुख गिरीले बताउनुभयो ।
चन्द्रागिरी नगरपालिकाभित्र मच्छेगाउँका एक, दहचोकका एक, बलम्बुका एक, सर्तुगलमा एक र दुई जना सशस्त्र प्रहरी बल बलम्बुमा कार्यरत व्यक्तिमा संक्रमण पुष्टि भएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिनुभयो । तीमध्ये एकजना अस्पतालमा कार्यरत र अर्को एकजना भक्तपुरको दुवाकोटमा बस्दै आएका थिए ।
प्रतिक्रिया