१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

दाङमा पहिलो पटक कोरोना देखियो, देशभर संक्रमितको संख्या २ सय ६७ पुग्यो



मायादेवी अनलाइन, चारनम्बर ।
प्रदेश ५ को दाङमा पहिलो पटक कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ दिएको जानकारी अनुसार दाङमा ३ जना संक्रमित भेटिएका हुन् ।

दाङमा भेटिएका संक्रमित गढवा गाउँपालिका वडा नं. ४, ५ र तुलसीपुर उपमहानगरपालिकाका १ का रहेका छन् ।

दाङमा पहिलो पटक कोरोना देखिएको हो । यो संगै प्रदेश ५ मा पर्ने तराईका सबै जिल्लामा संक्रमण देखिएको छ ।

यसभन्दा अगाडी कपिलवस्तु, रुपन्देही, बर्दिया र नवलपरासीमा संक्रमित भेटिइसकेका छन् । जसमध्ये कपिलवस्तुमा ४० जना रहेको छन् । जुन प्रदकै सबैभन्दा बढी संख्या हो ।

यस्तै काठमाडौंको सतुंगलका ७ वर्षीय बालकलाई पनि कोरोना देखिएको छ । यस्तै पर्सामा चार जना र उदयपुरमा एक जनामा कोरोना देखिएको छ ।

साँझ थप ९ जनामा संक्रमण पुष्टि भएसंगै देशभरको संख्या २ सय ६७ पुगेको छ ।

Image may contain: text

प्रकाशित मिति : २ जेष्ठ २०७७ शुक्रबार ००:००  ८ : ४२ बजे