१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

अबको १० वर्षभित्र कृषि उत्पादनलाई दोब्बर बनाइने



काठमाडौं ।
सरकारले कृषि उत्पादनलाई अबको १० वर्षमा अहिलेको भन्दा दोब्बर बनाउने लक्ष्य लिएको छ ।

आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अबको १० वर्षमा कृषि उत्पादन दोब्बर बनाउन कृषिमा व्यवसायीकरण गर्न सरकारले विशेष कार्यक्रम ल्याउने भएको बताउनुभयो ।

उहाँले कृषिको व्यवसायीकरणका लागि कृषि पूर्वाधार विकासका लागि आउँदो वर्षका लागि ठूलो लगानी गर्न लागिएको बताउनुभयो । कृषिलाई व्यवसायीकरणका लागि पूर्वाधाधार विकास अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७७ शुक्रबार ००:००  ५ : ३६ बजे