१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तुमा ७ संचारकर्मीसहीत २ सय ६५ जनाको स्वाब संकलन



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा शुक्रवार ७ संचारकर्मीसहीत थप २ सय ६५ जनाको स्वाब संकलन गरिएको छ । जिल्लाका विभिन्न स्थानमा स्वाब संकलन गरी प्रदेश नम्बर ५ को भैरहवा स्थित जन स्वास्थ्य प्रयोगशाला पठाईएको हो ।

जिल्ला स्बास्थ्य कार्यालयका अनुसार कपिलवस्तु अस्पतालमा १ सय १०, महाराजगंजमा १ सय ५ र बिजयनगरमा ५० जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए । रिपोटिङ्का क्रममा जोखिममा परेका ७ जना सञ्चारकर्मीले महाराजगञ्ज नगरपालिका– ८ सिसवा स्वास्थ्य चौकीमा पिसीआर टेस्टका लागि स्वाब दिएको पत्रकार महासंघका जिल्ला सचिव हरि अधिकारीले बताए ।

पत्रकार महासंघले जिल्ला स्बास्थ्य कार्यालय र प्रशासन कार्यालयलाई पिसीआर टेस्टका लागि माग गरेको थियो । राजमार्ग क्षेत्रका २, तौलिहवाका २ र कृष्णनगर क्षेत्रका ३ जनाको स्वाब संकलन गरिएको हो ।

यस्तै ४ दिन अघि कपिलवस्तु अस्पतालमा कार्यरत एक नर्स कोरोना संक्रमित भेटिए पछि शुक्रवार अस्पतालका स्टाफ, प्रहरी, नर्सका परिवार गरी कुल १ सय ५ जनाको स्वाव संकलन गरिएको फोकल पर्सन थापाले बताए । बिहीवार मात्र अस्पतालका मेसु र संक्रमित नर्ससहीत ७ जनाको स्वाब संकलन गरिएको थियो ।

यस्तै बिजयनर गाउँपालिकाका क्वारेनटाइनमा रहेका ५० जनाको समेत शुक्रवार स्वाब संकलन गरिएको छ । भारतको बिभिन्न शहरबाट फर्केर क्वारेनटाइनमा ७ दिन बिताएकाहरुको स्वाब संकलन गरिएको हो । हालसम्म कुल ९ सय ३४ जनाको स्वाव संकलन गगरिएको छ ।

पुरानो ६ सय ६९ मध्ये अब २८ जनाको मात्र रिपोर्ट आउँन बाँकी छ । शुक्रवार साँझसम्म जिल्लामा ४० जना संक्रमित भेटिएका छन् । जसमध्ये ३३ जना भारतका बिभिन्न शहरबाट फर्केकाहरु हुन् ।

यस्तै चार सुरक्षाकर्मी, एक नर्स, २ कर्मचारी र एक ६ बर्षीया बालिका छन् । शक्रवारसम्म पिसीआर टेस्टको स्वाब संकलनका लागि १ हजार २७० भिटिएम कीट प्राप्त भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए ।

प्रकाशित मिति : २ जेष्ठ २०७७ शुक्रबार ००:००  ५ : १४ बजे