एजेन्सी ।
कोरोना भाइरसको महामारीका कारण स्थगित भएको जर्मन बुन्डेस लिगा पुनः सुचारु हुँदैछ । शनिबारबाट बुन्डेस लिगाका खेलहरू सुचारु हुनेछन् । बुन्डेस लिगा कोरोना भाइरसको महामारीपछि सुचारु हुने पहिलो युरोपियन क्लब हुनेछ । उसो त बुन्डेस लिगा क्लब वायर्न म्युनिक पनि प्रशिक्षण सुरुआत गर्ने पहिलो क्लबका रूपमा थियो ।
शनिबारदेखि सुरुआत गर्ने भनिएको लिगा ६ खेलाडी परिवर्तन गर्न पाउने भएका छन् । फिफाले ल्याएको नयाँ नियमअनुसार कोरोना भाइरसको संकटपछि सबै खेलमा एक टोलीले ६ खेलाडी परिवर्तन गर्न पाउने भएको छ । यो नियम लागु गर्ने बुन्डेस लिगा पहिलो क्लबका रूपमा रहनेछ ।
बुन्डेस लिगा जस्तै अन्य युरोपियन क्लब पनि आफ्नो नयाँ सिजन सुरुआत गर्ने विषयमा छलफलमा जुटिरहेका छन् । प्रिमियर लिगको सिजन पुनः सुरुआत गर्ने विषयको निर्णय भने आज हुनेछ ।
प्रतिक्रिया