१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाण्डौ फिर्ता



झापा ।
पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानमा रहेको निवासबाट शुक्रबार बिहान सवारी साधन पास लिएर काठमाण्डौ फिर्ता हुनुभएको छ ।

कोभिड –१९ को रोकथामका लागि सरकारले चैत ११ गते लकडाउन लागू गर्नुअघिदेखि उहाँ झापामा रहनुभएको थियो । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल शाहसमेत पाँच जनाको सवारी पास जारी गरिएको बताउनुभयो ।

पूर्वराजा शाहका तर्फबाट उहाँको सचिवालयले काठमाण्डौ जानका बिहीबार झापा जिल्ला प्रशासन कार्यालयमा सवारी पासका लागि इमेलबाट निवेदन पठाएको थियो ।

अन्तरजिल्ला सवारी पासका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलमा निवेदन पठाएपछि मन्त्रालयले स्वीकृति प्रदान गरेको प्रजिअ रानाले जानकारी दिनुभयो । (रासस)

प्रकाशित मिति : २ जेष्ठ २०७७ शुक्रबार ००:००  ११ : २७ बजे