मायादेवी अनलाइन, चारनम्बर ।
पछिल्लो एक हप्ता यता कपिलवस्तुमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दो छ ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसंगै सर्वसाधारणसम्म फैलिएको कोरोना जोखिम न्यूनिकरणका लागि जेष्ठ ५ गतेसम्म जिल्ला सिल गरिएको छ ।
यसैक्रममा सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पतालमा कार्यरत स्टाफ नर्समा कोरोना भाइरस देखिएपछि अस्पतालमा कार्यरत सबैमा कोरोनाको थ्रोट स्वाव टेष्ट (पिसीआर) थालिएको छ । यसको रिपोर्ट नआउन्जेलसम्म अस्पतालको इमर्जेन्सी र अत्यावश्यकीय प्रसुति सेवा बाहेक सबै बन्द भएको अस्पतालले जनाएको छ ।
शुक्रबार विहान अस्पतालका निमित्त मेसु गशेण क्षेत्रीद्धारा निकालिएको विज्ञप्तिमा अस्पतालमा कार्यरत सबै कर्मचारीलाई आ आफ्नो स्थानमा सुरक्षित तवरले बस्न भनिएको छ भने पछि अस्पताल प्रशासनले खटाउने उल्लेख छ ।
प्रतिक्रिया