मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुमा बाटो निकासको विवादले उग्र रुप लिदा एक जनाको ज्यान गएको छ । शिवराज नगरपालिका वडा नं. ४ गुलरी गाउँमा बाटोको विषयमा दुई परिवारबीच झगडा भएको थियो ।
सो झगडामा घाइते भई उपचारका लागि बुटवल लगिएका स्थानीय २८ वर्षीय ओम प्रकाश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
झगडामा घाइते भएका अन्य २ जनाको बुटवलमा उपचार भइरहेको छ । घटनामा संलग्न रहेका २ जनालाई नियन्त्रणमा लिइ सोधपुछ तथा अनुसन्धानको काम सुरु गरिएको प्रहरी निरीक्षक दिपेश खरेलले बताउनुभयो ।
प्रतिक्रिया