मायादेवी अनलाइन, चारनम्बर ।
विहीबार विहान कोरोना पुष्टि भएकी कपिलवस्तु वाणगंगा ४ ठाकुरापुरकी ६ बर्षीया बालिकाको थप विवरण आउने क्रम जारी छ ।
मायादेवी अनलाइनलाई प्राप्त स्रोत अनुसार उनलाई चार दिन अगाडि घाँटी दुख्ने समस्या भएपछि परिवारले उपचारको लागि काठमाडौं लगेका थिए ।
बालिकासंगै आमा र हजुरबुवा गएको जनाइएको छ । बालिकाका बुवा रोजगारीका भारतमा छन् ।
संक्रमित बालिकालाई एम्बुलेन्समा लगिएको थियो ।
काठमाडौंको महाराजगञ्ज टिचिङ अस्पतालमा उनको उपचार भैरहेको छ । चिकित्सकलाई कोरोना शंका लागेपछि उनको कोरोना परिक्षण गर्दा कोरोना भएको पुष्टि भएको हो । उनको अहिले उपचार भैरहेको छ ।
प्रतिक्रिया