१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

अपडेटः कपिलवस्तुमा कोरोना संक्रमित सुरक्षाकर्मीको संख्या चार पुग्यो



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा थपिएका नयाँ ८ संक्रमित मध्ये ४ जना सुरक्षाकर्मीलाई कोरोना भएको पुष्टी भएको छ । कृष्णनगरमा लिंक गेट र बजारको डियुटीमा खटिएका ४ जनामा कोरोना भएको प्रहरी उपरिक्षक दीप शमशेर जबराले बताए । नेपाल प्रहरीका दुई जना, राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरीका एक÷एक जनामा कोरोना देखिएको हो ।

प्रहरी स्रोतका अनुसार राष्ट्रिय अनुसन्धानका असई, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सई तथा नेपाल प्रहरीका एक हवल्दार गरी ४ जनालाई कोरोना देखिएको हो ।

८ जना मध्ये ५ जना पहाडी मुलका रहेको प्रहरीले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको बिज्ञप्तीमा कपिलवस्तुका ८ जनामा कोरोना पुष्टि भएको हो । त्यसै मध्ये ४ जना सुरक्षाकर्मी समेत रहेका हुन् । बुधबार साँझ थपिएका आठै जना संक्रमित कृष्णनगर नगरपालिका क्षेत्रको रहेको पाइएको छ ।

यससंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ । भेटिएका ८ जना संक्रमित मध्ये ४ जना नगरपालिकाको महेन्द्र मावि क्वारेनटाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय कपलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार जिल्लाका ८ जनामा कोरोना पुष्टि भएको हो ।

क्वारेनटाइनमा रहेका ५० जनाको स्वाब संकलन गरिएको मध्ये ८ जना संक्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगन्द्र भगतले बताए । कृष्णनगर क्षेत्रको अझै २० जनाको रिपोर्ट आउँन बाँकी रहेको र अधिकांश सुरक्षाकर्मी रहेको प्रहरी उपरिक्षक जबराले बताए ।

भेटिएका संक्रमितको कन्ट्याक्क टे«सिङ र ट्रावल हिस्ट्री लिने कार्य जारी रहेको छ । दिउँसो मात्र कपिलवस्तु नगरपालिकाको वडा नं. ४ का एक पुरुषमा संक्रमण देखिएको थियो ।

जिल्लामा यशोधरा गाउँपालिकामा १२, कपिलवस्तु नगरपालिकामा ९, मायादेबी गाउँपालिकामा ४, बुद्धभूमि नगरपालिकामा ४, शुद्धोधन गाउँपालिकाका एक जनामा कोरोना देखिएको छ । यस अघि मंगलवार मात्र कपिलवस्तु अस्पतालमा कार्यरत एक नर्सलाई कोरोना देखिएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७७ बुधबार ००:००  १० : २० बजे